लघुकथा-१
तराइबासी संजय( नाम परिवर्तन) बिहानैदेखि आफ्नो चनाचटपटे बेच्ने गर्दथे।गाडामा चाहिने सम्पूर्ण सामग्री राखेर बिहानै बाहिर निस्कन्थ्यो।अोहरदोहर गर्ने क्रममा एकजना नेवार समुदायकी केटि चम्पा ( नाम परिवर्तन) संग सन्जयको प्रेम बस्छ। संजयले चनाचटपटे बेचेर राम्रै कमाइ गरेको थियो।त्यही कमाइले एकटुक्रा जग्गा किन्यो र घर पनि बनायो।त्यो घरजग्गाले चम्पा झन आकर्षित भइ र सन्जयलाइ नछोड्ने सुर कसी। सन्जयसित अन्तरजातीय बिबाह गर्न र गराउन चम्पा र चम्पाका माइतिहरु समेत राजी भए र बिबाह भयो पनि। बिबाहको केही बर्ष ठीकठाकै चल्दै थियो।समयको दोैरानमा उनिहरुको २ सन्तान १ छोरा र १ छोरी भए।केही समयपछि सन्जयलाइ चम्पा र चम्पाकी माइतीहरुले धम्काउन थाले।घर चम्पाको नाममा पास हुनु पर्ने पास नगरेमा ज्यान लिने धम्की दिन थालियो। ज्यान लिने डरको कारणले सन्जयले चम्पाको नाममा घर सम्पति पास गरिदियो।घरसम्पति पास गरिदिएको एक महिनापछि सन्जयलाइ घर छाडेर जान भनियो। सन्जयले घरछाडी पाटीको बाँस लिन पुग्यो।खान नपाइ भोकभोकै हिड्थ्यो।सन्जयको भाइले दाइको त्यो बिजोक हेर्न सक्दैनथ्यो र कोहिबेला केही खर्च दिने गर्थ्यो र आफ्नै कोठामा लाने गर्थ्यो तर संजयको दिमागले कामगर्न नसक्ने पागल जस्तै भएको उठेर जहाँ पायो त्यही जाने जेपायो त्यही खाने बोल्ने गर्थ्यो। केही समयपछि चम्पाले संजयको भाइलाइ तेरो दाजुको छोराछोरि म पाल्न सक्दिन भनेर संजयको भाइकोमा छोडेर गइछ।यता संजय खान लाउन नपाएर रक्सीले मातेर होहल्ला गर्दै राति सडक बाटोमा हिड्न थाल्यो।पागल भयो। मायाको जालोमा फसेर सन्जयले आफ्नो सर्बस्व गुमायो।बाबू आमा दाजुभाइ नरनाता सबै टाढा भए।न माया पायो न सम्पत्ति रहयो।
जनीकुमार राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू; सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर।
मिति २०७६/०७/०७ बिहिबार