कबिता

रचनाकाल २०७४/०९/११
जोन किरात( जनीकुमार राई)

छिमेकी, मित्रता, साथी

छिमेकी होस त यस्तो
हरेक कुरामा बाधा पुराआेस
फुटेको आखाले पनि हेर्न नसकोस
असल कुरा कहिल्यै नसोचोस

छिमेकी होस त त्यस्तो
मर्दा पर्दा धारे हात लाआेस
लङ्गडो खुट्टाले पनि टेक्न सकोस
सहयोगको भावना पटक्कै नआवस
मित्रता होस त यस्तो
मित्रको खोइरो खन्न सकोस
मित्रको दुखमा रमाउन सकोस
मानबीय गुण बिर्सि दुख दिन सकोस
मित्रता होस त त्यस्तो
मित्रको दुखी दिन कुरेर बसोस
दिमाग खुस्केको भए पनि खराब सोच्न सकोस
रात दिन मित्रको कुभलो मात्र चिताउन सकोस
साथी होस त यस्तो
हरेक कुराको हिसाब राखी कमिसन खावस
साथीको पतनको बाटो कुरी बस्न सकोस
साथीको भावना ठेस पु- याउन कम्मर कसोस
उुखको दिन साथीको पर्खि ताली पिट्न सकोस
साथी होस त त्यस्तो
अप्ठ्यारोमा पनि साथी भुलोस
मुटुले काम गर्न छोडेपनि
साथीलाइ तनाव दिन सफल होस
हतेक कुरामा साथीको पतनको इच्छा गरोस
दु खमा डुबेको बेला नाच्न गाउन रमाउन सकोस।
२०७४/०९/१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *