मित्रता
हाम्रो मित्रता केबल बनावटी मात्र हैन,
आत्मीयताको बन्धनले पनि बाधिएको छ।
हाम्रो आत्मीयता केबल बाध्यताले मात्र हेेैन,
मानवताको नातासंग पनि जोडिएको छ।
हाम्रो मानवता केवल सिध्दान्तले मात्र हैन,
समानताको आधारमा अंकुराएको छ।
हसम्रो बन्धुत्व् केवल भेटघाटले मात्र हैन,
आस्था र बिश्वासले पनि माथि उचालेको छ।
आस्था र बिश्वास केवल भावनामा मात्र हैन,
रगतको प्रत्येक नसा नसामाकुदिरहेको छ।
मित्रता केबल स्वार्थको हतियार मात्र हैन,
अटल र अमर जीवन कथामा आधारित छ।
मित्रता केवल जीवन कथामा मात्र हेैन,
यथार्थताको कसीमा पनि घोटिएको छ।
मित्रता केवल दुइदिने फेसन मात्र हैन,
लाखोेै शताब्दीसम्म पनि जीवित रहिरहनेछ।
मित्रता केव ल भोक र प्यासको बेलामात्र हैन,
उजाड मरुभूमिको फाटमा पनि बाचिरहनेछ।
मित्रता केवल आश्वासनको आडमा मात्र हैन,
बचनबद्ध भै सासको गतिमा संगै हासिरहनेछ।
मुटुको धडकन संगसंगै नाचीरहनेछ,
आखाको नानी संगसंगै खेलीरहनेछ।
२०७४ साल चैत्र ३ गते शनिबार
चागुनारायण-२ झोैखेल भक्तपुर।
1 Comment
Khuksang Khambu
(March 21, 2018 - 1:35 pm)Ramro chha hai solti jyu !