रचना काल:-२०५१/०४/२५
” घाइते सिपाही”
युध्दको मैदानमा उत्रेको,
घायल सिपाही फर्कदा
उसको मन कति रूदो हो
बिहतको ईतिहास सम्झेर।
खप्नै नसकी उफ्रदै
चहराउने घाउ सहदो हो
सासै निसासिने बमको धुवा खाएर
गोलीको पर्रा पिउदो हो
खुकुरीको धारमा उभिएर।
बारुदको खाजा खादो हो
दुस्मनको घेरामा परेर
मृत्युको शैयामा सुत्दो हो
युध्दको अमृत पिएर।
मानवतालाइ बिर्सदो हो
राक्षसी मन्त्रमा भुलेर
अपराधी भइ फर्कदो हो
युध्दको चित्र खिचेर।
मेरा पुराना रचनाहरू धेरै भएकाले एक एक गर्दै मेरो ब्लगमा पोड्टाउदै आएको छुबर्तमान
परिप्रेक्षमा सान्धर्भिक नहुन सक्छ रचनाकालको समयमै गएर बुझिदिने प्रयास गरिदिनुहोला।
जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४, जुबू सोलुखुम्बू
हसल चा. न. पा.-२, झोैखेल भक्तपुर
मिति:- २०७५/०७/२६ गते सोमबार बेलुकी