” आँखा”

रचना काल:-२०५०/१२/१८

“आखा”

तिम्रो सोचाइमा आँखा सानो पनि हुन सक्छ
त्यो सानोआखालेतिमिलाइबचाइ राखेको हुन्छ
सानो आखाभित्र बिश्वको चित्र कोरिएको हुन्छ
त्यसैभित्र तिम्रो सपना बिपना नाचिरहेको हुन्छ

आखाको नानी हात्ती जत्रो नभइ बिन्दू जत्रै छ
त्यो सानो नानीको शक्ति अत्यन्तअतुलनीय छ
त्यो सानो नानीभित्र तिम्रो जीबनको चित्र छ
त्यसैभित्र तिम्रो आशाको बीउ अंकुराइरहेको छ

सानो भनी आखालाइ कहिल्यै बेवास्ता नगर
आँखा बिना तिम्रो जीवन हुनेछ सधै अन्धकार
शक्तिशाली आखाभित्र फोहोर कहिल्यै नपार
सानो र तुच्छ अंग ठानी पर कहिल्यै नसार।

आखानै तिम्रो जीवनको सार अनि रूप हो
आखा स्वस्थ सफा राख्ने कामपनि तिम्रै हो

जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल भक्तपुर।
मिति २०७५/०७/२७ गते मंगलबार बेलुकी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *