धोकेबाज साथी

धोकेबाज साथी

मैले त ठानेको थिए तिमिलाइ असल साथी
तर तिमिले लगाइ दियोै मलाइ त कालो पाती
साथ सधै दिएको थिए मैले तिम्रो सुखदुखमा
तर तिमिले लगाइदियोै कालो मोसो मुखमा

गाँस काटी पेट तिम्रो भरिदिएकै थिए
तर किन मैले छेर्नुपर्ने
लाज तिम्रो मैले छोपिदिएकै थिए
तर किन अरुले मलाइ नै घेर्नुपर्ने
फिलाको मासु ताछी तिम्रो चाक टालेकै थिए
तर किन तिमिले मेरो मुटुमा किला गाडि दियोै
आशु तिम्रो पुछी तिम्रो दुख हरेकै थिए
तर तिमिले त्यो गुण किन चटक्कै बिर्सिदियोै

तिमी रहेछोै बुज्रुक गवार महाको स्वार्थी
तिमी कहिल्यै हुनेछैनोै क्षमा योग्य पार्थी
समस्या तिम्रो मात्र होइन मेरो पनि त होला
यस्तै गरे तिमिले मेरो दुखी मन कति रोला
त्यो मनले यो मनको पीडा सधै बुझ्ने गर
धोकेबाज साथीको कहिल्यै नहुने रहेछ भर।

जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न.पा.-२ झोैखेल भक्तपुर।
मिति:२०७५/०७/२८ गते बुधबार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *