आफ्नै मान्छे बचाउन नाटक

आफ्नै मान्छे बचाउन नाटक

उहिले उहिले नमिता सुनिताको पोखरामा
बलत्कार हत्याको दोषीअडकेथ्यो अखडामा
अान्दोलन देसैभरी भयो खै कति हो कति
तत्कालीन शासकले सुनेन केही पनि एक रति
दोषी बचाउन छलछाम र प्रयोग भयो शक्तिको
बलत्कारी हत्यारा थियो प्यारोशक्ति र भक्तिको

दासढुंगामा मदनभण्डारीको निर्मम हत्या भयो
छानबिन टोलीको छानबिन खै कतातिर गयो
शंकाको घेरामा थुप्रै ब्यक्तिहरू परेछन क्यार
हत्यारालाइ बाहिर ल्याउन कोहि भएनन तयार
छानबिन टोली बेपत्ता भइ कता भागेछ कुन्नी
बसभन्दा बाहिरको कुरालाइ खै कसले सुन्नी

मदनको पार्टी शक्ति र सत्तामा पुग्यो धेरै पटक
तर सकेन देखाउन दोषी पत्ता लगाउन चटक
सानाको कुरा कसले पो सुन्छ ठूलाकै रजाइ
बोल्योै भने थुनिदिन्छन मुख मुक्काले बजाइ
बलत्कार हत्या त यो देसमा भयो खै कति कति
भरोै भने पुग्छ दोषीको संख्या नोैमुरी तिलजति

कञ्चनपुरको निर्मलाको पनि उहि नै भो दसा
गणतान्त्रिक सरकारले त छाम्यो सबैको नसा
भन्नलाइ गणतान्त्रिक सरकार खै कस्तो कस्तो
न्याय दिने भनेर नाटकीय नारा लाउछ सस्तो
आफ्नै मान्छे दोषी गाह्रो रहेछ छानबिन गर्न
सीमा नाघे तयार छनजनतान्यायको लागि मर्न

नचाहिदो कुरामा सरकारले सधै तामझाम गर्ने
भन मेरो सरकार निर्मला झै अब कति मर्नु पर्ने
न्याय दिन ढीला गर्नु न्याय नदिए सरह नै हो
भन सरकार निर्मलाले न्याय कहिले पाउने भो

जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल भक्तपुर
मिति:-२०७५/०८/१६ गते आइतबार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *