थुलुङ मुन्धुम निकट भबिष्यमै प्रकाशित हुदै
किरातीहरुको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ मुन्धुम हो।किरातिहरुको बेद मुन्धुमलाइ पृथ्बी नारायण शाहको शासनकाल वरिपरि तत्कालिन शासकका भरोैटेहरुले आगोमा जलाइ नष्ट पारिएको थियो। त्यस पछि किराँती समूदायका जान्ने बुझ्ने बिद्वान धेवा धामी सेले धामी नोक्छोहरुले मोैखिक रुपमा भन्दै थुतुरी बेदको रुपमा सीमित रहदै आएको मुन्धुम गणतन्त्र उदय पश्चात् बिस्तारै किराँती मुन्धुम पुस्तकको रूपमा प्रकाशित हुन थालेको छ।यसै सिलसिलामा मेरै बंशको संस्कृति एबं मुन्धुमबिद बीरबहादुर थुलुङ राई जो साइनोमा काका पर्नुहुन्छ। उहाँ हाम्रो बंशको जिजुबाजे जो नेपाले माहिला नामले प्रख्यात धेवा धामीको नाति पनि हुनुहुन्छ।उहाँ सोलुखुम्बू जिल्लाको तत्कालिन जुबू गा.पं को ४ नं वडाको लाफ्ला गाउबाट ०२८ सालतिर झापाको भद्रपुरतिर बसाइ झर्नुभएको थियो।उहाले आफ्नो जन्मथलो छोडेतापनि आफूमा निहित ज्ञान सीप र कलाको माध्यमबाट आफ्नो समुदायलाइ सेवा गर्ने उदेश्यका साथ थुलुङ राई मुन्धुम लेख्नुभयो।उक्त पुस्तकको प्रुफ रिडिङको लागि म जस्तो आलाकाचालाइ पनि बिश्वास गरि मलाइ जिम्मा दिनुभएकोमा आभार ब्यक्त गर्न चाहन्छु।उहाँबाट लिखित मुन्धुमको प्रुफ रिडिङको क्रममा थुलुङ किरातहरुको उत्पत्ति जन्म मृत्यु संस्कार क्रियाकर्म ड्युम्ला रयुद्युम लगायत सम्पूर्ण बिधिबिधान समाबेस गरिएको एउटा सम्पूर्ण मुन्धुम तयार छ।नितान्तै थुलुङसंग सम्बन्धित रहेको अन्यबाट प्रभाबित भएर मिसावट नभएको शुध्द अर्गानिक मुन्धुम तयार छ।यो चाडै प्रकाशित हुने कुरा झापा भद्रपुरमा अवस्थित थुलुङ राई मुन्धुम प्रकासन समितिले जनाएको छ।लेखकसंग थुलुङ राई संस्कृतिक प्रतिष्ठानको थुलुङ पाठ्यक्रम बिकास समितिसंग समन्वय गर्नको लागि आग्रह गरे बमोजिम सकारात्मक नै हुनुहुन्छ।प्रकाशित भइसकेपछि थुलुङ राई लगायत सम्पूर्ण किरात समूदायहरुकै लागि अमूल्य सम्पति हुने कुरामा दुइमत छैन।यो मुन्धुम थुलुङ र नेपाली भाषामा लेखिएको हुदा जोकोहिले पनि सजिलै बुझ्न सक्छन।प्रकासित भइसकेपछि सबैले आ- आफ्नो प्रति सुरक्षित राख्नको लागि पनि अनुरोध गर्दछु।पुस्तक लेखक किरात राई यायोखा झापाको भद्रपुर नगर अध्यक्ष हुनुहुन्छ ।
जनिकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल:- चा. न. पा.-२ झोैखेल; भक्तपुर
मिति:-२०७६/०७/१८ गते सोमबार